काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भूकम्प पीडितलाई रहात उपलब्ध गराउने भएको छ। सिबिफिनले आइतबार विज्ञप्ती जारी गर्दै भूकम्प पीडितलाई १० लाख रुपियाँ रहात उपलब्ध गराउने जनाएको छ।
‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट तत्कालका लागि १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्दछौं,’ सिबिफिनका सचिव कुश प्रसाद मल्लीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
विपत्तिको घडिमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति सिबिफिनले आभार व्यक्त गर्दै भनेको छ, ‘यसैगरी खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक अपिल गर्दछौं।’


