काठमाडौं- धरानमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ। प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो।
समिति सदस्यमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए।
धरानमा विमानस्थल बनाउन पहल गरिदिन आग्रह गर्दै धरान उपमहानरका मेयर हर्क साम्पाङले उड्डयनमन्त्री किराँतीलाई पत्र लेखेका थिए।
माननीय मन्त्री सुदन किरातीज्यूको निर्देशानुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न देहाय बमोजिमको तीन सदस्यीय कमिटी गठन गरिएको छ|
प्रबन्धक, ई. नल बिक्रम थापा – संयोजक
प्रबन्धक, अनिल बस्नेत – सदस्य
वरिष्ठ अधिकृत, विमल खनाल – सदस्य#CAAN— Civil Aviation Authority of Nepal (@hello_CAANepal) November 9, 2023


