तेह्रथुम- तेह्रथुम जिल्लामा प्लास्टिकका पुष्पगुच्छा (बुके) निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय, तेह्रथुमले विज्ञप्ति जारी गर्दै प्लास्टिकका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको जानकारी दिएको हो।
‘गृह मन्त्रालयको २०८०/०७/२३ गतेको पत्रवाट निर्देशन प्राप्त भएको हुँदा प्लाष्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, विक्रिवितरण वा भण्डार नगर्न/नगराउनको लागि सम्पूर्ण व्यवसायीहरुमा यो सूचना जारी गरिएको छ,’ सूचनामा उल्लेख छ।
वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा (१५) को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिका पुष्पगुच्छाको उत्पादन, आयात, विक्रिवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरिसकेको छ।


