२०८३ कार्तिक १२ गते बुधबार

कोप-२८ सम्मेलनको सफलता किन अत्यावश्यक छ?

 |  अशोक स्वैन
Sanket

अशोक स्वैन

काठमाडौँ, मङ्सिर ८
cop-28-uae

दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने संयुक्त राष्ट्रसंघ कोप २८ जलवायु सम्मेलन केवल एउटा अर्को कुटनीतिक भेला वा फोटो खिच्ने अवसरमात्र होइन। यो जलवायु संकटविरुद्धको हाम्रो विश्वव्यापी लडाइँमा एउटा महत्वपूर्ण लाइफलाइन हो।

युक्रेन युद्ध, इजरायल–हमास युद्धलगायत दर्दनाक द्वन्द्वले घेरिएको विश्वका लागि कोप २८ को सफलता महत्वपूर्ण छ। तत्कालीन भूराजनीतिक संघर्षबाट उठेर जलवायु परिवर्तनको विद्यमान चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ।

अन्तर्राष्ट्रिय वातावरण समझदारी र कदममा कोप २८ ले एउटा महत्वपूर्ण घटनाको प्रतिनिधित्व गर्छ। हाम्रो ग्रहले अनपेक्षित रुपमा बढ्दो तापक्रमको संकट झेलिरहेको छ, पछिल्लो दशक किर्तिमानी रुपमै तापक्रममा वृद्धि भएको छ। जिवाश्म इन्धन जलाउने, वनजंगल फडानीलगायत मानवीय गतिविधिले हरितगृह ग्यासहरुको उत्सर्जनमार्फत संकट बढाइरहेको छ।

जलवायु परिवर्तनको सामाजिक असर
समुद्री बरफको क्षति हामीले अहिल्यै देखिरहेका छौं। हिउँ पग्लिरहेको छ, समूद्री सतह बढीरहेको छ र ठूलो परिमाणमा तातो हावाको लहर देखिएको छ। जलवायु परिवर्तनको असर चौतर्फी छ। यसले वातावरणमात्रै होइन, अर्थतन्त्र, स्वास्थ्य, सुरक्षालगायत मानव सभ्यताका धेरै पिल्लरहरुलाई हल्लाइरहेको छ। जलवायु परिवर्तनलाई बेवास्ता गर्दा आर्थिक क्षति बढ्छ। हुरी, खडेरी, बाढी, वनजंगलमा डडेंलोलगायत घटनालाई जलवायु परिवर्तनले बढाइरहेको छ। यसले अर्थतन्त्रमा क्षति पुर्‍याउने, विकासमा अवरोध गर्ने र दीर्घकालीन आर्थिक अस्थिरता निम्त्याउने गर्छ।

दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने संयुक्त राष्ट्रसंघ कोप २८ जलवायु सम्मेलन केवल एउटा अर्को कुटनीतिक भेला वा फोटो खिच्ने अवसरमात्र होइन। यो जलवायु संकटविरुद्धको हाम्रो विश्वव्यापी लडाइँमा एउटा महत्वपूर्ण लाइफलाइन हो।

अर्कोतर्फ, हरित प्रविधि र नवीकरणीय उर्जामा लगानी गर्नाले आर्थिक सुधार र रोजगारी सिर्जनामा धेरै मद्दत मिल्छ। जलवायु संकटले विशेषगरी विकासशील देशको कमजोर जनसंख्यालाई अझै धेरै असर गरिरहेको छ। सामाजिक विभेदलाई यसले बढाइरहेको छ। तातो हावा, बाढीलगायत मौसममा देखिने परिवर्तनले मानिसको जीवनमा क्षति पुर्‍याइरहेको छ, मानिसलाई बिस्थातित गरिरहेको छ र सार्वजनिक स्वास्थ्य संकट बढाइरहेको छ। तसर्थ, यो समस्याको सम्बोधन वातावरणीय कर्तव्यमात्र होइन, सामाजिक न्यायको सवाल पनि हो।

तत्कालीन र व्यवहारिक लक्ष्य
तीव्र रुपमा बढ्दो जलवायु आपतकालसँग जुध्न आवश्यक पर्ने पूर्वाधार र प्रविधि गरिब देशलाई प्रदान गर्न विश्व चुकिरहेको छ। विशेषगरी विकसित देशमा जटिल वैज्ञानिक ज्ञान र सर्वसाधारणको बुझाईबीचको खाडल पुर्ने काम चुनौतीपूर्ण देखिन्छ। जलवायु विपद् र यस पछाडिका कारणहरुबीचको सम्बन्धबारे सर्वसाधारणलाई बुझाउनका लागि प्रभावकारी सञ्चार रणनीति महत्वपूर्ण हुन्छ। नेताहरुले प्रभावकारी रुपमा जलवायु संकटको असरलाई आफ्ना नागरिकमाझ बुझाउन सकेमात्रै कार्बन उत्सर्जन घटाउनेबारे कठिन निर्णय लिन र जलवायु संकटसँग जुध्ने अनुकुल मापदण्डका लागि आफ्नो देश तथा अन्य जोखिम क्षेत्रमा लगानी गर्न सक्छन्।

कोप २८ का दौरान विश्वव्यापी सुशासनका सबै पक्षमा जलवायु संकट न्युनिकरणलाई संयोजन गरेर अघि बढ्नेगरी अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्छ। पेरिस सम्झौताअन्तर्गत भएका प्रतिवद्धताहरु पालना गर्नेमात्रै होइन, सबै अन्तर्राष्ट्रिय कुटनीतिमा जलवायु परिवर्तन अग्रणी रहने सुनिश्चित गर्न पनि जरुरी छ।

दुबईमा हुने सम्मेलनले २०३० सम्म ५० प्रतिशतले कार्बन उत्सर्जन कटौती गर्नेलगायत तत्कालीन र व्यवहारिक लक्ष्यहरुलाई प्राथमिकता दिनैपर्छ। वैश्विक तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेन्टीग्रेडभन्दा तल राख्नका लागि आवश्यक पर्ने उर्जा जोगाउन पनि यस्तो काम जरुरी छ।

युद्ध र वातावरण
विगतमा भएका बृहद समझदारीबाट थोरै भएपनि सफलता हासिल भएको थियो, ती समझदारीबाट टाढा भाग्न खोजिरहेका देशप्रति (जो अत्यधिक कार्बन उत्सर्जनमा जिम्मेवार पनि छन् ) कोप २८ को ध्यान जानुपर्छ। जिवाश्म इन्धनप्रतिको विश्वव्यापी निर्भरतालाई घटाउनका लागि यी देशहरुको कदम महत्वपूर्ण छ।

त्यस्तै, धनी औद्योगिक देशहरुले जलवायु परिवर्तनको न्युनीकरणमा साथ र लगानी गर्न जरुरी छ। यसको लक्ष्य उत्सर्जनमा कटौती र जलवायु परिवर्तनको प्रभावसँग अनुकुल भएर जिउन अभ्यस्त गराउनु हो। जलवायु परिवर्तन एक्लै हुँदैन, युद्धले यसलाई थप बिगार्छ। युक्रेन र गाजामा चलिरहेको युद्धले जलवायु संकटबाट विश्वको ध्यान मोड्नमात्रै होइन, विध्वंशमार्फत वातावरणमा क्षति पुर्‍याउने र वैश्विक तापक्रम बढाउने काममा पनि मद्दत गरिरहेको छ। गाजापट्टीमा चलिरहेको युद्ध मानवीय विध्वंश मात्र होइन, यसले वातवारणीय चुनौतीलाई पनि बढाइरहेको छ। त्यसैगरी युक्रेनमा चलिरहेको युद्धले वैश्विक खाद्य र उर्जा प्रणालीलाई अवरोध गरिरहेको छ। सशस्त्र संघर्षले कसरी वातावरण संरक्षण र दिर्घकालीन उर्जाको परिवर्तनमा असर गर्छ भन्ने यी घटनाक्रमले देखाउँछ।

वातावरण र जलवायु परिवर्तनमा युद्धको असर जटिल छ, सैन्य गतिविधिमार्फत प्रत्यक्ष उत्सर्जन, प्राकृतिक स्रोतको दोहन, विध्वंश र प्रदूषण, वातावरणीय सुशासनमा अवरोध तथा पुननिर्माण र बिस्थापित हुँदाको अप्रत्यक्ष परिणाम यसमा पर्छन्। यी पक्षहरुले वातावरण संकट निम्त्याएर जलवायु परिवर्तनको असरलाई बढाउन भूमिका खेलिरहेका हुन्छन्।

एकीकृत र निर्णायक कदमको खाँचो
जलवायु परिवर्तनले वैश्विक अस्थिरतामा भूमिका खेलिरहेको कुरामा सन्देश छैन। यसले विश्वव्यापी तापक्रम बढाइरहेको छ। त्यहीकारण बृहद जलवायु एक्सन केवल वातावरणीय रणनीतिमात्र होइन। वैश्विक शान्ति र स्थिरता हासिल गर्ने, खतरनाक चक्रलाई तोड्ने (विशेषगरी धुव्रिकृत राजनीतिक अवस्था भएका स्थान र परिस्थितीमा) महत्वपूर्ण माध्यम पनि हो।

कोप २९ चुनौतीपूर्ण समयमा हुन गइरहेको छ। यतिबेला विश्वका कैयन देशहरु विध्वंशकारी युद्ध तथा आन्तरिक लडाइँबाट गुज्रिरहेका छन्। यद्यपि, यो सम्मेलन जलवायु परिवर्तनविरुद्ध सबैलाई एक ठाउँमा उभ्याउने पृथक अवसर हो। आयोजकका नाताले युएईले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ। विकसित र विकासशिल देशहरुसँग उसको राम्रो रणनीतिक प्रभाव र कुटनीतिक सम्बन्ध छ। विश्व नै द्वन्द्वमा चलिरहेको अहिलेको अवस्थामा कोप २८ को सफलता महत्वपूर्ण छ।

अहिलेको भूराजनीतिक तनावबाट माथि उठेर जलवायु परिवर्तनविरुद्ध लड्नका लागि आवश्यक सामुहिक इच्छाशक्ति तथा स्रोतको परिचनालमा कोप २८ केन्द्रित हुनुपर्छ। हामी महत्वणूर्ण घडीमा छौं। र, कोप २८ मा लिइने निर्णयले हाम्रो साझा भविष्यलाई प्रभावित गर्नेछ। निर्णायक र सामुहिक कदमको खाँचो यति धेरै कहिल्यै थिएन।

–गल्फ न्युजबाट

प्रकाशित: २०८० मङ्सिर ८ गते शुक्रबार ०९:०३
Sanket

अशोक स्वैन

स्वेन स्विडेनस्थित उप्सला विश्वविद्यालयमा द्वन्द्व तथा शान्ति विषयका प्राध्यापक हुन्।
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना