काठमाडौँ- मलेसियाली व्यापारिक समूह आजियाटाले एनसेलबाट बाहिरिने घोषणा गरेको छ। समूहले नेपालमा व्यावसायिक रुपमा चुनौती बढेको भन्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो।
समूहको सञ्चालक समितिले गरेको निर्णयअनुसार नेपाल व्यापारिक विस्तारमा कठिनाइ र चुनौती थपिएको उल्लेख गरेको छ।
एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको प्रतिक्रिया दिएका छन्।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ वर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।


