काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५ सय रूपैयाँ तोकिएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रूपैयाँ कायम छ।
यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


