काठमाडौं- सरकारले उखुको न्यूनतम खरिद मूल्य ६३५ रुपैयाँ तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य तोकेको हो।
तोकिएको खरिद मूल्यमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनेछ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ। बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको छ। सञ्चारमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।


