काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका र चीन भ्रमणमा झन्डै ५ करोड रुपैयाँ खर्च भएको छ।
अर्थ मन्त्रालयले प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डलको भ्रमण खर्च भुक्तानीका लागि ४ करोड ७४ लाख रूपैयाँ निकासा गरेको हो।
अर्थले परराष्ट्र मन्त्रालयको नाममा उक्त रकम निकासा गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका गएका प्रम दाहाल उताउतै चीन पनि घुमेर नेपाल फर्किएका थिए।
प्रधानमन्त्री भदौ ३० गते अमेरिका गएका प्रचण्ड असोज ५ गते चीन पुगेका थिए भए भने असोज १३ गते उनी काठमाडौँमा अवतरण गरेका थिए।
यस्तै सरकारले राष्ट्रपतिको उपचारका लागि थप १० लाख निकासा गर्ने निर्णयसमेत गरेको छ।
अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ। पछिल्लो निकासा चालु आवको साउनदेखि मंसिर महिनासम्म उपचार खर्च हो।
गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।


