बाग्लुङ- प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन्। बुधबार सातौं बाग्लुङ महोत्सवमा शेरचन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका हुन्। राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गरे।
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल नेतृत्व गरी बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सीईओ शेरचनलाई सम्मान गरिएको हो।
बाग्लुङमा जन्मेका शेरचन यतिखेर सक्षम र सबल बैंकरको रुपमा स्थापित छन्। बैंकिंग क्षेत्रमा उनको २८ वर्षको अनुभव छ। शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो।


