बाग्लुङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बाग्लुङमा सम्मानित भएका छन्।
सातौं बागलुङ महोत्सवको उद्घाटन कार्यक्रममा बुधबार ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेका हुन्।
राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरे।
बागलुङमा जन्मेर निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरी विभिन्न क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको हो।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक दूतसमेत रहेका उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा वीमालगायत दर्जनौं क्षेत्रमा लगानी रहेको छ।


