काठमाडाैं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले वीपी कोइराला प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन्। साम्पाङले सोमबार प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका हुन्।
मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका मेयर साम्पाङले सोमबार प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै कुलपतिको कार्यकक्षमा ताला लगाइदिएका हुन्।
प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगर्नु भनेर उनी फर्किएको कर्मचारीहरुले बताए। साम्पाङले वीपी प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने चेतावनी दिएका छन्।


