काठमाडौँ- दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खोल्नेको संख्या १९ लाख २ हजार ४७७ पुगेको छ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबारसम्म ब्रोकर कार्यालयहरुमार्फत सो संख्याले टीएमएस खाता खोलेका छन्। २०७९ वैशाखमा टीएमएस खोल्नेको संख्या १२ लाख ३५ हजार थियो।
हाल दैनिक ७० देखि ७५ हजारले टीएमएस ‘लगइन’ गर्ने गरेको स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
धितोपत्र खरिदबिक्रीका लागि लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने विद्युतीय माध्यम टीएमएस हो। टीएमएसबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश दिन सकिन्छ।
आईपीओ परे पनि उक्त सेयर बिक्रीका लागि पनि टीएमएस खोल्नै पर्छ।


