काठमाडौँ- विद्युतीय गाडी कम्पनी ओमोडाले सन् २०२३ डिसेम्बरमा १३ हजार ६७७ वटा ओमोडा ई५ बिक्री गरेको छ। वर्षभर १ लाख ४७ हजार एकाई बिक्री भएको ओमोडा ई५ले डिसेम्बरमा साढे १३ हजारभन्दा गाडी बिक्री गरेको हो।
डिसेम्बरको बिक्री अघिल्लो महिना नोभेम्बरको तुलनामा १२.६५ प्रतिशतले बढी हो।
गत अप्रिलमा विश्वव्यापी ब्रान्ड–लन्च कार्यक्रममा गरेको ओमोडा ई५ले अक्टोबरमा प्रयोगकर्ता सम्मेलन गरेको थियो। गत वर्ष सन् २०२३ मा ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष रहेको कम्पनीको दाबी छ।
विश्वव्यापी रूपमा प्रसिद्ध अनुसन्धान र परामर्श फर्म जेडी पावरद्वारा प्रकाशित ‘२०२३ चाइना प्रारम्भिक गुणस्तर अध्ययन (आईक्यूएस)’ रिपोर्टमा, ओमोडा प्रारम्भिक गुणस्तरको सन्दर्भमा शीर्ष प्रदर्शनकर्ताको रूपमा उभिएको छ।
ब्रान्डले गाइकिन्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा ‘बेस्ट टेस्ट ड्राइभ एसयूभी’ को उपाधि जित्यो। थप ओमोडाले मलेसियामा धेरै सम्मानित पुरस्कारहरू जित्यो।
यसमा स्टार मिडिया समूहबाट ‘सर्वश्रेष्ठ मिड साइज क्रसओभर कार्लिस्ट एक्स वापकार कोटी २०२३ आवार्ड इडिटर्स च्वाइस फर द वेस्ट ५सिटर एसयूभी र १९औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ उत्कृष्ट वारेन्ट समावेश छ।
२०२४ मा, ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन तयार छ।
नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च गुणस्तर विकासमा थप योगदान दिन खोजिरहेको जनाएको छ।
नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकु अटोमोबाल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो।


