२०८३ कार्तिक २२ गते शनिवार

महानगरद्वारा ६ महिनामा झन्डै पाँच अर्ब राजस्व सङ्कलन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ४
kathmandu_municipality
फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा ५ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। साउनदेखि पुस मसान्तसम्म ४ अर्ब ९१ करोड ४३ लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको महानगरले जनाएको छ।

गत वर्षको सोही अवधिमा अवधिमा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिको तुलना गर्दा यस वर्ष ३५ करोड रुपियाँले बढी राजस्व असुल भएको नगरपालिकाले जनाएको छ।

चालु आवका लागि महानगरले करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। महानगरले राजस्व सङ्कलनमा कडाइ गरेसँगै छ महिनामा लक्ष्यको आधा राजस्व सङ्कलन गरेको हो।

महानगरले सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ।

छ महिनामा सबैभन्दा बढी घरबहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो।

यतै सम्पत्ति करबापत ६७ करोड ३१ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। महानगरका अनुसार पर्यटन शुुल्कबापत आठ करोड ४६ लाख ९५ हजार, व्यक्तिगत आन्तरिक शुुल्क ८७ लाख, अन्य बिक्रीबाट प्राप्त रकम ८५ लाख, अन्य सेवा शुुल्क १६ करोड १५ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। पार्किङ शुुल्कबापत ९५ लाख ६५ हजार, नक्सा पास दस्तुुरबापत ३१ करोड ६५ लाख ३४ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।

सिफारिस दस्तुुरबापत तीन करोड ८१ लाख ५६ हजार रुपियाँ, व्यक्तिगत घटना दर्ता दस्तुुर ४९ लाख, नाता प्रमाणित दस्तुुरबापत २६ लाख ८२ हजार, व्यवसाय रजिस्ट्रेसन दस्तुुरबापत एक करोड १७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ। यस्तै प्रशासनिक दण्ड जरिबाना र जफतबापत एक करोड २६ लाख ६७ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ।

विगतका केही वर्ष कोरोना महामारीका कारण लक्ष्य अनुुरूप राजस्व सङ्कलन नभएपछि चालुु आवमा भने लक्ष्य पूरा हुने देखिएको महानगरले जनाएको छ। पछिल्लो समय राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गर्न सहज भएको महानगरले जनाएको छ।

महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ। निर्देशिका अनुसार कुनै पनि घरधनीले घर भाडामा लगाउँदा वा घर खाली गराउँदा दुुवैबारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्ने छ।

लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गरेको हुनुपर्ने छ।

प्रकाशित: २०८० माघ ४ गते बिहिबार ०७:२२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना