नयाँदिल्ली- भारतीय अकाशा एयरले १५० वटा विमान अर्डर गरेको छ। ७३७ म्याक्स-१० र ७३७ म्याक्स ८-२०० विमान अर्डर गरेको कम्पनीले जानकारी दिएको हो। ती विमानहरु सन् २०३२ सम्म डेलिभरी हुनेछन्।
एक महिनाअघि अमेरिकामा अलास्का एअरलाइन्सको बोइङ विमानको सिसा फुटेको थियो। त्यसपछि अमेरिकी नियामकले बोइङको ७३७ म्याक्स ९ विमानलाई ग्राउन्डेड गर्न निर्देशन दिएको थियो।
भारतको अकासाले बोङङलाई दिएको अर्डरले अमेरिकी कम्पनीको व्यवसायलाई धेरै राहत मिल्ने भएको छ। गत वर्ष एयर इन्डियाले पनि २२० बोङङ विमान किन्ने घोषणा गरेको थियो।
अकासा एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले आफ्नो कम्पनीलाई विश्वको शीर्ष ३० एयरलाइन्स कम्पनीभित्र समावेश गर्ने लक्ष्य रहेको बताएका छन्। अकासा एयर सन् २०२२ बाट संचालनमा आएको हो।


