२०८३ कार्तिक १६ गते आईतबार

गोठाटारमा बन्दै पशुपति हिन्दू विश्वविद्यालय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ७
pashupati

काठमाडौँ- सरकारले काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ। हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको हो।

पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले आज आफ्नो अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएसँगै विश्वविद्यालय निर्माणको आधार तयार भएको हो।

समितिको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री सुदन किराँतीले पशुपतिनाथ, हिन्दुत्व र हिन्दूको गहिराइ र महत्वलाई बोध गरेर पशुपति हिन्दू विश्वविद्यालय निर्माण गर्न लागिएको बताए। विश्वविद्यालयको कानुनी प्रक्रिया पूरा गरेर विसं २०८१ सम्म सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको जानकारी दिए।

पर्यटनमन्त्री किराँतीले भने, ‘हिन्दू दर्शनको महत्व विश्वभर फैलाउने, सांस्कृतिक कूटनीतिक माध्यमका रुपमा विकास गर्ने तथा यसको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अगाडि बढाइएको हो।’ कोषको गोठाटारमा रहेको पाँच सय रोपनी जग्गामध्ये दुई सय ५० रोपनी क्षेत्रफलमा विश्वविद्यालय बनाउने मन्त्रालयको योजना छ।

पर्यटनमन्त्री किराँतीले कोषको गोठाटारको जग्गा पशुपति हिन्दू विश्वविद्यालय निर्माणका निम्ति चाँडै नै कोषबाट औपचारिक निर्णय गरिने जानकारी दिए। उक्त प्रयोजनका विश्वविद्यालय निर्माणको पूर्ण तयारी र सञ्चालनका लागि छुट्टै समिति गठन गरिने बताए।

‘हामी (सरकार) हिन्दू विश्वविद्यालय स्थापना गरेरै छाड्छौँ,’ पर्यटनमन्त्री किराँतीले भने, ‘विश्वभर नेपालको पशुपतिनाथ र हिन्दुत्वलाई स्थापित गर्न र सांस्कृतिक कूटनीतिक मान्यताको विकास गर्नैपर्छ।’

समितिका संयोजक एवं संस्कृतिविद् डा जगमान गुरुङले पशुपतिनाथको माध्यमबाट विश्वलाई नेपालप्रति आकर्षण गर्ने उद्देश्यले पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गरे। उनले विश्वविद्यालय निर्माणका लागि ७५ काम सकिएको र कानुनी मस्यौदाको कामलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राखे। पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

पर्यटन मन्त्रालयले गत वैशाख १३ गतेको निर्णयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न डा गुरुङको संयोजकत्वमा विज्ञ सरोकारवालाहरु सम्मिलित एक समिति गठन गरेको थियो। समितिले नौ महिना लगाएर तयार पारेको प्रतिवेदन आज मन्त्रालयलाई बुझाएको हो।

नेपालभित्रको धर्म, संस्कृति, सभ्यता, कला र दर्शनको मात्र अध्ययन, अध्यापन र अनुसन्धानलाई मुखय विषय र लक्ष्य बनाएर भगवान् श्रीपशुपतिनाथका नामबाट हिन्दू दर्शन, बौद्ध दर्शन एवं नेपालमा प्रचलित धर्म दर्शनहरु निगम, आगम, जीवपद्धति, संस्कृति, संस्कार र परम्परालाई उजागर गर्न अध्ययन एवं अनुसन्धानको आवश्यकता भएबमोजिम गुठी मोडलमा विश्वविद्यालय स्थापना गर्ने सोच समितिले तय गरेको छ।

नेपालमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको स्वत्व भनेको नेपालमुखी भएको समितिको निष्कर्ष छ।

विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्वपरिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्नसक्ने गुणस्तरीय विश्वविद्यालय बन्ने समितिका सदस्यसचिव डा घनश्याम खतिवडाले विश्वास व्यक्त गरे।

उनका अनुसार सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपति र लुम्बिनीमा विशिष्टीकृत अध्ययन केन्द्रको विकास गर्ने विषय उल्लेख भएबमोजिम समय सान्दर्भिक रुपमा श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी अघि बढेको हो।

विश्वविद्यालयको स्वरुपबारे विज्ञहरुसँग परामर्श गरी रायसुझाव लिइएको तथा विश्वविद्यालयको विधेयक मस्यौदा गर्ने कार्यका लागि कोष व्यवस्थापनसमक्ष अनुरोध गरिएको सदस्यसचिव खतिवडाले जानकारी दिए।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनाका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटकको प्रवर्द्धन गर्ने हुने विश्वास लिइएको छ। कोषको प्रस्तावित गुरुयोजनाअनुरूप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको जनाइएको छ।

प्रकाशित: २०८० माघ ७ गते आईतबार ०९:५७
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना