२०८३ कार्तिक २३ गते आईतबार

बन्यो स्टार्टअप कर्जा कार्यविधि, क-कसले पाउँछन् सस्तो ब्याजमा ऋण?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १५
udyog_ministry_industry

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० जारी गरेको छ। विनियोजन ऐन २०८० को दफा ९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि तयार पारिएको मन्त्रालयले जानकारी दिएको छ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टप उद्यममा संलग्न हुने उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि ल्याइएको मन्त्रालयको भनाइ छ।

कर्जा सरकारी वाणिज्य बैंकबाट मात्रै प्रवाह हुने व्यवस्था कार्यविधिमा छ।

स्टार्टप कर्जासम्बन्धी कामकारबाही औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ। प्रतिष्ठानले विनियोजन भएको रकम बैंकलाई प्रदान गर्नेछ।

स्टार्टअप कर्जाका लागि १ अर्ब रूपैयाँ छुट्याइएको छ। यस्तो कर्जा अधिकतम २५ लाख रूपैयाँसम्म दिन सकिने र ब्याजदर अधिकतम ३ प्रतिशत हुने कार्यविधिमा उल्लेख छ।

स्टार्टप उद्यममा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि प्रचलित कानूनबमोजिम दर्ता भई निवेदन दिने अन्तिम मितिसम्म ७ वर्ष ननाघेका उद्यमी यस्तो प्रकृतिको कर्जाका लागि योग्य हुनेछन्।

यस्तो कर्जा लिनका लागि कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नविन प्रविधि एवम् सृजनशील सोचको प्रयोग गरेको हुनुपर्छ।

यस्तै चुक्ता पुँजी २ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मात्र भएको कम्पनी हुनुपर्ने व्यवस्था राखिएको छ।

उद्यमको कुल कारोबार वार्षिक दुई करोड रूपैयाँभन्दा बढी नभएको र स्थिर पुँजी (घर जग्गाको मूल्यबाहेक) दुई करोड रूपैयाँभन्दा बढी सम्पत्ति नभएका कम्पनीले मात्र स्टार्टअप कर्जा लिन पाउनेछन्।

तर प्रचलित कानूनबमोजिम दर्ता नभएको, वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको, प्रचलित कानून बमोजिम कालोसूचीमा परेको, र होल्डिङ तथा लगानी कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएकाहरुले स्टार्टप कर्जा पाउने छैनन्।

स्टार्टप उद्यमको रूपमा सञ्चालन गर्न सकिने उद्यमका क्षेत्र
– कृषि तथा पशुपक्षीसँग सम्बन्धित
– वन पैदावारसँग सम्बन्धित
– पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित
– विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित
– मानव स्वास्थ्य सेवासँग सम्बन्धित
– शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित
– सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित
– अटोमोबाइलसँग सम्बन्धित
– परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित
– खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित
– घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित
– खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित
– फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसँग सम्बन्धित
– विपद व्यवस्थापनसँग सम्बन्धित
– वैकल्पिक तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित
– जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित

छनोट तथा सिफारिस मापदण्ड
-स्टार्टप उद्यमका लागि तोकिएका मापदण्ड पूरा गरेको
-परियोजनाबाट उत्पादित वस्तु वा सेवा बिक्रीको बजारको सम्भावना
-परियोजनामा प्रयोग हुने कच्चा पदार्थको स्रोत
-परियोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता
-जोखिम व्यवस्थापनका लागि अवलम्बन गरिएको उपाय
-व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण
-क्रेडिट अप्राइजल।

प्रकाशित: २०८० माघ १५ गते सोमबार ०६:४९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना