काठमाडौँ- महालेखा परीक्षकको कार्यालयले ६०औँ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कुल बेरुजु ५ खर्ब ८७ अर्ब ३४ करोड पुगेको देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ खर्ब २९ अर्ब रुपैयाँ बेरुजु देखिएको छ।
संघ, प्रदेश तथा स्थानीय तह गरी कुल ७१ खर्ब ३८ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको उक्त बेरुजु देखिएको महालेखाको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।
९ अर्ब ६८ करोड अर्थात कुल बेरुजुको ७.५५ प्रतिशत सम्परीक्षण गराएकोमा १ खर्ब १९ अर्ब बेरुजु फर्स्योट हुन बाँकी रहेको महालेखाले जनाएको छ।
कुल बेरुजुको ९५ प्रतिशत हिस्सा १० मन्त्रालयको छ। अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ९५ प्रतिशत हिस्सा रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
प्रतिवेदनको पूर्णपाठ


