नयाँदिल्ली- भारतको केन्द्र सरकारले पीवी नरसिम्हा राव, चौधरी चरण सिंह र एमएस स्वामिनाथनलाई भारत रत्न प्रदान गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
चौधरी चरण सिंह देशका पाँचौं र नरसिंह राव नवौं प्रधानमन्त्री थिए। स्वामिनाथनलाई भारता हरित क्रान्तिको जनक मानिन्छ।
प्रधानमन्त्री मोदीको घोषणामा चौधरी चरण सिंहका नाति तथा राष्ट्रिय लोकदल (आरएलडी) का अध्यक्ष जयन्त चौधरीले लेखेका छन्, मन जित्यो।’
मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो हाम्रो सरकारको सौभाग्य हो कि देशका पूर्वप्रधानमन्त्री चौधरी चरण सिंह जीलाई भारत रत्नबाट सम्मानित गरिएको छ। यो सम्मान उनको देशको लागि अतुलनीय योगदानको लागि समर्पित छ।’


