२०८३ कार्तिक २२ गते शनिवार

अर्थतन्त्र : तंग्रिन्छ कि लड्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
eco

पोखरा– महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो। त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन। त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ।

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजि क्षेत्रमा चरम निराश देखिन्छ। धमाधम सटर खाली भइरहेका छन्। व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ। चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ। सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ। आम सर्वसाधरणको चासो भने अर्थतन्त्र तङग्रिन्छ की लड्छ? भन्नेमा छ।

पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्रः तङ्ग्रिन्छ की लड्छ? यही विषयमा छलफल भयो। सरकोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेश गरे। व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउदै तंग्रिरहेको बताए। ‘फेरि धर्मराउदै धर्मराउदै एउटा विन्दुमा पुग्छ । ठोस रुपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउछ’, उनले भने।

अहिलेको भने निजि क्षेत्र निकै निराश रहेको उनको भनाइ छ। ‘बजारमा व्यापार एकदम तल आएको छ। मागको कमी छ। माग कमी हुनुको मतलब व्यपार व्यवसायमा जो छ उ निश्चय नै निराश हुन्छ। सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै,’ उनले बताए। बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ। ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुँदैन।

व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ। बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम पुँजी चाहियो। बजारमा आत्मविश्वास चाहियो,’ श्रेष्ठले थपे, ‘अर्को कुरा सबभन्दा ठूलो कुरा आन्तरिक फिर्ता दर हेरिन्छ। अहिले फिर्ता कम छ। बैंकमा पुँजी छ भने लगानी गर्न हिच्किचाउँछ।’ अर्थतन्त्र कमजोर बन्नुमा निजि क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्विर्काछन्। उनी भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ।’

अर्थमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउछन्। २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा दबाब रहेको उनी सम्झन्छन्। ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिती १० अर्ब २८ करोड डलर थियो। अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिती छ । त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयत गर्न पुग्छ’, उनले भने, ‘२ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो नेपाल कतै श्रीलंका त बन्दैन भनेर। हामी त्यहाँबाट माथि उठेको अवस्था छ। एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति।’

भट्टले अगाडि थपे, ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयत गर्छौं। ४०० अर्बको हाराहारीमा खाद्यन्न आयत गर्छौं। त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं।’ डेढ २ वर्ष अगाडि बैंकहरुसँग कर्जा दिने पैसा नभएको उनले सुनाए। उनका अनुसार गतवर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो। अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको छ।

‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ। ब्याजदर पनि तल आइरहेको छ,’ अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तिय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा। गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाह गरेका थिए। अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ।’

सरकारको वित्त व्यवस्थापन चुनौतिपूर्ण देखिरहेको उनले उल्लेख गरे। ‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन। आार्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन,’ उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो। ६ प्रतिशतको अपेक्षा गरेका थियौं। आम मान्छेले महसुश गर्ने मुद्रास्फुर्ति मुल्य वृद्धि पनि उच्च छ।’ सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ।

स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाह नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन्। अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ। ‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन। निजि क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ,’ उनले भने।

उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक हेर्‍यौं भने प्रति व्यक्ति आयमा हामी अफानिस्तानभन्दा माथि छौं। बंगलादेशको कुरा गरौं भने पनि हाम्रो भन्दा दोब्बर छ। क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो। जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढि छ।’

अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए। ‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारण पनि थाहा छ। अर्थमन्त्रालय, राष्ट्रबैंक, निजि क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्र्ने हो? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ,’ उनले भने। एक अर्कालाई आरोप लगाएर अर्थतन्त्रमाथि उकास्न नसकिनेमा उनको जोड छ। अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ। स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ।

प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०३:४१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना