२०८३ कार्तिक २३ गते आईतबार

कसरी गर्ने राष्ट्रिय पहिचान र स्वाभिमान पुनर्स्थापना?

 |  सुदर्शन पौडेल
Sanket

सुदर्शन पौडेल

काठमाडौँ, फाल्गुण १२
sudarshanpaudel

नेपाल र नेपालीको आफ्नै पहिचान छ, बहादुरको होस् या मुर्ख्यांइको। भौगोलिक विविधताको होस् या कष्टकर जीवनको। सांस्कृतिक इन्द्रेणीको होस् या जातीय विभेदको। शान्ति क्षेत्र होस् या विद्रोहको उकुसमुकुसको। प्राकृतिक वैभवको होस् या बढ्दो गरिबी र असमानताको। यद्यपि नेपाली ठोस प्रतिफलको अपेक्षा नराखी कठोर परिश्रम गर्न सक्दछन्।

प्राकृतिक रुपमा देशमा प्रशस्त सम्भावना छन्, तर पनि तिनीहरुलाई चिन्न नसकेर शालीग्रामलाई लोहोरो बनायौँ। विशिष्ट मौलिक सांस्कृतिक परम्परा, भाषा, खाना, संगीत, कला, वाङ्गमयको प्रवर्द्धन गर्नुको सट्टा अर्काको नक्कल गर्न बढी स्वाद मान्यौँ।

सामाजिक सौहाद्रता, ‘वसुधैव कुटुम्बकम्’को मान्यतालाई पछौटेपनाको द्योतक मान्दै लिगलिगे दौडमा उद्धत रह्यौँ। पितापुर्खाको विरासतमा गर्व गर्न छाडेर नक्कली दुनियाँको पात्र बन्न खोज्यौँ। यस्तो किन भयो होला हाम्रो सोच र व्यवहार? यस्तो प्रश्न मनमा उठिरहन्छ। यसका धेरै कारण होलान् तर मेरो विचारमा सबै कुराको जड हामीले समाजका अगुवा मानेका व्यक्तिको मानसिक दरिद्रता र स्खलित नैतिकता बढी जिम्मेवार छ।

नेपाल र यसको भूगोल परापूर्वकालदेखि चेतनाको दृष्टिकोणले निकै सम्भ्रान्त र विशिष्ट मानिन्थ्यो। आजको आधुनिक विज्ञानले आविष्कार गरेका भनिएका ज्ञान पहिले नै हाम्रा पूर्वजहरूले पत्ता लगाइसकेका थिए। आफ्नो विगतको वैभव र ज्ञानलाई देश र नागरिकको जीवन थप उचाईमा पुर्‍याउने नेतृत्व देशमा चाहिएको छ। तर त्यसको लक्षण देखिँदैन। सर्वत्र झुटका नारा र चटक देखाउने मदारी घुम्दैछन्, प्रायोजित स्वागत र अभिनन्दन गराउँदै। तल्लो स्तरका गालीगलौज गर्न होडबाजी गर्ने नेताबाट संस्कारयुक्त शासन र राष्ट्रिय पहिचानको पुर्नस्थापनाको अपेक्षा गर्न सकिन्न।

जहाँसम्म स्वाभिमानसहितको पहिचानको कुरा छ, त्यसका लागि आन्तरिक र बाह्य कारण जिम्मेवार हुन्छन्। बाह्य कारणको उदाहरणमा अफगानिस्तान र ग्रिसलाई लिन सकिन्छ। कुनै बेला विश्व मानचित्रमा ठूलो महत्व राख्ने ती देश बाह्य शक्तिको क्रीडास्थल बने। ग्रिसलाई युरोपियन युनियनले पुर्नजीवन दिने आश्वासनमा र अफगानिस्तान कहिले सोभियत संघ (रुस) त, कहिले अमेरिकाको शक्तिउन्मादको होडमा फजुल खर्च गर्दै गए। राष्ट्र अनुदानको भरमा चल्न थाले, आफना मौलिक ज्ञान, सिप र स्रोत साधनको उपयोग भएन। फलस्वरुप ती देशहरुले राजकीय स्वाभिमान पुनः हासिल गर्न नसक्ने मोडमा पुग्यो। ती देशको जस्तो अवस्था नेपालले भोग्नु नपरोस् भन्नका खातिर हरेक नागरिकले आत्मनिर्णयको अधिकारको सुझबुझपूर्वक उपयोग गर्नु पर्दछ। यसका लागि युवालाई स्वदेशमा मौलिक ज्ञान सिपका आधारमा सम्मानजनक जीवन यापन गर्न सक्ने वातावरण सृजना गर्नु पर्दछ।

थाइल्यान्डले एक वर्षमा ८० लाख बाह्य पर्यटक भित्र्याउने नीति लिएको छ जबकि ऊसँग ऐतिहासिक, प्राकृतिक वैभव सीमित छन्। नेपाल भने सुनको कचौरामा भिख माग्नेको देश बनेको छ।

सभ्यता आफैँ जोगिदो रहेनछ, यसलाई त देश र नागरिकले जीवनचक्रको रुपमा अनुशरण गर्नु पर्ने हुन्छ। राजकीय सत्ताबाट ओझेल पारिएका सभ्यताहरु नागरिकको मानसपटलबाट पनि क्रमशः हराउँदै जाने गर्दछन्। नेपालमा धर्म, संस्कृति, भाषा, भेषभूषा, खाना, शिक्षादि विषयमा राज्यको स्वच्छन्द नीतिका कारण आफ्नो पहिचान गुमाउँदै छौँ। कहिलेकाहीँ त लाग्छ, हामी यति क्षयीकरण भइसकेका छौँ कि विगतको पहिचान पुनः फर्काउन सक्ने अवस्था छैन। राज्य संचालकहरुले जानेर-नजानेर अव्यवस्था, द्वन्द्व र जटिलता बढाए। यसको लागि बाह्य शक्तिकेन्द्रले आर्थिक अनुदानको ललिपप देखाए, सामरिक शक्तिको आडमा घेराबन्दी गरे र पहिचान मेटाउने शिक्षा र संस्कारमा धावा बोले।

यसरी सत्ताको केन्द्रदेखि त्यसको छेउछाउका शासकले मर्यादाका सबै सीमा नाघे। तिनले छोएका संस्था थिलोथिलो भए। सत्तामा बसी-बसी आन्दोलनको उद्घोष गर्ने, साम्प्रदायिक दंग भड्काउने अभिव्यक्ति दिए। राजनीतिलाई विचार र कामको आधारमा जनताको मन जित्ने माध्यम भन्दा पनि किनबेचको वस्तु बनाए। समाजलाई दलगत विभाजन गरी आफ्ना गुटका नेतालाई पुज्न लगाए। नेताको आलोचना गर्नेमाथि भौतिक आक्रमण हुन थाल्यो। यस्तो अवसरको फाइदा उठाउँदै नेताहरु र उच्च पदस्थ कर्मचारीले अर्थतन्त्रमाथि कब्जा जमाए। उनीहरुको जीवनशैलीबाट पनि त्यो झल्किन्छ। यद्यपि ती चटकेहरु अझै झुटका तानाबाना बुन्छन्। अनि निमुखा गरिब तिनै चटकेहरुको कुरामा भुलेर बस्छौं। अतः देशको अवस्था सधैँ ओरालो लाग्नुमा जनता पनि दोषी छन्।

साँचो अर्थमा देशको समृद्धि चाहेको हो भने राम्रो काम गर्नेलाई प्रोत्साहन र खराबलाई दुरुत्साहन गर्ने परिपाटी बसाल्न सकिन्थ्यो। यहाँ अहिले पनि केही राम्रो गरौँ भन्ने हुटहुटी बोकेर दिनरात खटिएका मानिस छन्। तिनको अभीष्ट बुझ्ने र सही कामलाई प्रोत्साहन गर्न राज्य तयार छैन। राज्यका सञ्चालक सिन्डिकेटमा तय गरिन्छन् अनि उनीहरुको अभीष्ट भनेकै आफ्ना कुकृत्यलाई ढाकछोप गर्नु मात्र हो।

विगत दशकमा थप मौलाउँदै आएको यस्तो प्रवृत्तिले नेपालको छवि थप धमिलो भएको छ। छिमेकका देशको अनावश्यक हस्तक्षेप बढेको छ। सानातिना व्यक्तिगत फाइदाका लागि राजकीय शक्तिको दाउ लगाउने पद्धतिले देश कमजोर बनेको हो। अन्तराष्ट्रिय सम्बन्ध, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति, देशको शिक्षा प्रणाली आदि मामिलामा आपसमा मिलेर निकास खोज्ने संस्कार अहिलेका कुनै दल र निर्णायक तहका व्यक्तिमा देखिएन। सरकार र दलका गतिविधिले सर्वत्र निराशा फैलिएको अवस्थामा देशका युवाले आफनो भविष्य असुरक्षित भएको महसुस गर्न थालेका छन।

राष्ट्रिय स्वभिमान उच्च गर्न र देशको समृद्धिका लागि युवाहरुलाई देशमै भविष्य सुरक्षित भएको आश्वस्त पार्न सक्ने कयौँ विषय अझै पनि मौजुदा छन्। यहाँका भाषा, संस्कृति, रहनसहन, खाना, प्राकृतिक स्रोतको वैभवबारेमा हामीले निकै कम मात्र चर्चा गरेका छौँ। प्रविधिको माध्यमबाट विश्व एक गाउँ जस्तो भएको अवस्थामा देशका मौलिक वैभवको प्रचारप्रसार गर्ने सशक्त माध्यम खोज्न सक्नुपर्दथ्यो।

नेपालको समृद्धिका लागि तीन मुख्य आधार भनेका कृषि र वन पैदावर, जलस्रोत र ऊर्जा शक्ति, र पर्यटन व्यवसाय हुन्।

भियतनामले धानखेतीदेखि भातको परिकारसम्मलाई पर्यटन प्रवर्द्धनका रूपमा प्रयोग गर्दछ। थाइल्यान्डले एक वर्षमा ८० लाख बाह्य पर्यटक भित्र्याउने नीति लिएको छ जबकि ऊसँग ऐतिहासिक, प्राकृतिक वैभव सीमित छन्। नेपाल भने सुनको कचौरामा भिख माग्नेको देश बनेको छ।

यस पटकको कोप सम्मेलनको संघारमा संयुक्त राष्ट्र संघका महासचिवले नेपाल भ्रमण गर्दा यहाँका उच्च हिमाली क्षेत्रमा मौसम परिवर्तनको असरबारे बोलेका कारण नेपालका मुद्दाले महत्व पाए। त्यहाँ नेपालले पेभिलियन पाएर पनि त्यस्को राम्रो उपयोग गर्न सकेन। उक्त अवसरमा पर्यावरण, स्वास्थ्य, जनजीविकाको अवस्था झल्किने गतिविधिलाई कलात्मक पक्षबाट उजागर गर्न सकेको भए त्यहाँबाट ठूलो संख्यामा विदेशीहरुलाई नेपालका कुना कन्दरामा पुर्‍याउन, त्यहाँको सुन्दरतालाई पर्यापर्यटनको आकर्षण बनाउन सकिन्थ्यो। दिगो पर्यावरणीय विकाससँगै आर्थिक विकासका सम्बन्धमा संभाव्य लगानीकर्तालाई आह्वान र उच्च प्रतिफलको आश्वस्त पार्न सक्नु पर्दथ्यो। अरु केही नभए पनि उच्च हिमाली क्षेत्रका जडिबुटी, पर्यावरण, खाद्यान्न, भेषभुषा, संस्कृति झल्काउने डकुमेन्ट्री प्रदर्शन गर्नेदेखि इच्छुकलाई त्यसबारे विस्तृत जानकारी उपलब्ध गराउन सक्नु पर्दथ्यो।

नेपालको समृद्धिका लागि तीन मुख्य आधार भनेका कृषि र वन पैदावर, जलस्रोत र ऊर्जा शक्ति, र पर्यटन व्यवसाय हुन्। यी क्षेत्रमा राज्यले दिगो विकासका पहल गर्नु पर्दछ। बाह्य लगानी आह्वान गर्दा पनि नेपालीको लगानी सहकार्यदेखि बढीभन्दा बढी नेपालीलाई रोजगारी सृजना हुने व्यवस्था गरिनु पर्दछ, किनकी राज्यको समृद्धिको लागि प्राकृतिक र मानवीय स्रोतको उचित उपयोग बढी महत्वपूर्ण हुन्छ। त्यस अर्थमा नेपाल मात्र होइन विश्वको कुनै पनि भूगोल असफल वा पछौटे हुनै सक्दैन। प्रकृतिले हरेक स्थानलाई प्रचुर स्रोत साधनले भरिपूर्ण बनाएको छ। तर त्यसको उपभोग कसरी गर्ने भन्ने विषय नै बढी महत्वपूर्ण हुन्छ।

रोजगारीको अवसरको खोजीमा विभिन्न देशमा पुगेका नेपाली मूलका मानिसहरु अथक मिहिनेत गरी सानासाना सफलताका खुट्किला चढदै छन्। विभिन्न क्षेत्रमा सिप र केही आर्थिक जोहो गरेका छन्। उनीहरु नेपालको समृद्धि चाहन्छन् किनकि नेपाल समृद्ध हुँदा उनीहरुको इज्जत बढ्छ। त्यसका अलावा कतिपयलाई विदेशमा सिकेको सिप र सम्पत्ति नेपालमा लगानी गर्ने इच्छा पनि हुन सक्दछ। यसलाई अन्यथा मान्न सकिन्न। नेपालमा सीमित सम्भ्रान्तहरुले आफनो स्वार्थसिद्धि गर्दै आए। त्यसको लागि राजनीति माध्यम बन्यो, सत्तामा पुग्ने। सत्तामा नपुन्जेल कत्ति न क्रान्तिकारी जस्तो स्वाङ पार्नेहरु सत्तामा पुगे पछि उनीहरुको शासकीय असक्षता मात्र झल्किएन बरु सत्ता र शक्तिको आड्मा आडम्बर देखाउने, दुश्मनी साँध्ने, नीतिगत भ्रष्टाचार गर्ने, सानातिना व्यवस्थापकीय काममा समेत हस्तक्षेप गरी अनुचित फाइदा लिन खोज्ने प्रवृत्ति देखियो।

अन्तमा, नेपाल र नेपाली धनी र समृद्ध हुन सक्दा मात्र हाम्रो इज्जत बढ्ने हो। हामीलाई कसैले धनी बनाइदिँदैन। त्यसका लागि हामीसँग भएका मौलिक वस्तु र सेवाको प्रचारप्रसार गरी त्यसको कारोबारका आधारमा वैध सम्पत्ति जोड्न हरेक नेपालीले आफनो क्षमताले भ्याएसम्म नवीनतम उपायहरु खोज्ने र त्यसको उचित प्रयोग गर्नु पर्दछ। यहाँका सबै नागरिकलाई एकताको सूत्रमा बाँध्ने र एक अर्काका सुखदु:खमा साथ सहयोगको संस्कार विकास गर्नु पर्ने छ। नागरिकको उच्च इज्जत र सम्मान भएमा मात्र देशको ईज्जत बढदछ। त्यसका लागि राष्ट्रिय पहिचानको पुर्नस्थापना गर्न आन्तरिक रुपमा नागरिकको विश्वास जित्न सक्ने र बाह्य रुपमा आफ्ना सही योजना तय गरी त्यसबाट फाइदा लिन सक्ने गरी कूटनैतिक प्रयास गर्न सक्ने कुशल नेतृत्व देशमा आवश्यक हुन्छ। तब मात्र राष्ट्रको स्वाभिमान बचाइराख्न र समृद्धि हासिल गर्न मद्दत मिल्नेछ।

@sudarsanpaudel

प्रकाशित: २०८० फाल्गुण १२ गते शनिवार ०२:५३
प्रतिक्रिया

थप समाचार

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना