कोलोम्बो- श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएका छन्।
सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनका आधारमा वर्षका सबै महिनामा पर्यटकको संख्या बढ्ने आकलन गरिएको उनको भनाइ छ।
सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए।
उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ।
आधिकारिक तथ्यांकअनुसार सन् २०२३ फेब्रुअरीमा १ लाख ७ हजार ६३९ पर्यटक आएका थिए।
सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन्।
मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताए।


