२०८३ कार्तिक २२ गते शनिवार

मन्त्री बस्नेत जोडिएको टेरामक्स प्रकरण छिट्टै अदालत पुग्छ : अख्तियार प्रमुख राई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
prem_kumar_rai

काठमाडौं- टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भएको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

प्रतिनिधि सभाअन्तर्तग सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्समा भएको भ्रष्टाचार प्रकरणमा छिट्टै मुद्दा दायर गरिने जानकारी दिएका हुन्।

टेरामक्स खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका मोहन बस्नेत (हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री)सहित पूर्वसञ्चारमन्त्रीहरू गोकुल बाँस्कोटा र ज्ञानेन्द्र कार्कीसमेत संलग्न भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले जानकारी गराए।

‘टेरामिक्समा अनुसन्धान सकिएको छ। हामी छिट्टै विशेष अदालतमा संलग्न देखिएकाहरुलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गर्छौं,’ प्रमुख आयुक्त राईले भने।

राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणमा पनि आयोगले अनुसन्धान गरिरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेको थियो। तर यो योजनामा मन्त्रीहरूकै संलग्नतामा भ्रष्टाचार भएको भन्दै संसदीय समितिले छानबिन गर्न सिफारिस गरेको थियो।

यसपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो।

यो प्रकरणमा जोडिएर अख्तियार पुगेर मन्त्री बस्नेतले बयान दिएपनि आफूलाई स्वच्छ दाबी गर्दै आएका छन्। उता प्रमुख प्रतिपक्षी दलले भने मन्त्री बस्नेतले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै सदमा अवरोध गरिरहेको छ। यस विषयमा सांसदलाई उत्तर दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन्। उनको रुलिङ अनुसार यो विषयमा सरकारले फागुन १८ गतेको बैठकमा जानकारी गराउनुपर्नेछ।

एमालेलगायतका प्रतिपक्षी दलको मागअनुसार सभामुखले रुलिङ गरेपनि प्रधानमन्त्री प्रचण्डलगायतका मन्त्रीले भने यो विषयमा कुनै अभिव्यक्ति दिएका छैनन्। त्यस्तै एमालेको मागअनुसार सदनमा उपस्थित हुन पनि प्रधानमन्त्रीले अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: २०८० फाल्गुण १५ गते मङ्गलबार ०६:२१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना