२०८३ कार्तिक १२ गते बुधबार

संकटमा पनि सम्झौता नगर्ने हाम्रो प्रतिबद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १
first Anniversary

नेपाल क्लिक्स डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ। यो एक वर्ष हाम्रा लागि विविध कारणले महत्त्वपूर्ण रह्यो। खासगरी समग्र अर्थतन्त्र कमजोर अवस्थामा रहेको बेला हामी पाठकसामु आएका थियौँ। त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर हाम्रा आफ्नै अपेक्षा र काममा पनि देखियो। यो चुनौती हाम्रा लागि एकप्रकारको सिकाइ भयो।

कठिन अवस्थामा पनि नेपाल क्लिक्सलाई पाठकले देखाउनुभएको सदाशयता, प्रतिक्रिया र आलोचनाले हामीलाई अझ जिम्मेवार र संयम बन्न प्रेरित गरेको छ। सञ्चारकर्म र पत्रकारिता व्यावसायिक रुपमा जतिसुकै संकटमा पनि परे पनि व्यावसायिक धर्म र दायित्वमाथि सम्झौता हुनुहुँदैन भन्ने मूलमन्त्र कहिल्यै डगमगाउने छैन। पाठकहरुसामु हाम्रो यो प्रतिबद्धता सदा कायम छ।

पत्रकारिता प्रश्नमा मात्र जिवन्त रहन सक्छ। धारिलो प्रश्न उठान गरी राज्यका अंग र सरोकारवालाहरूलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पत्रकारिताको हो। यो मूल मर्मबाट हामी कति पनि विचलित छैनौँ। लोकतन्त्रका मूलभूत मान्यताहरूलाई आत्मसात गर्दै जिम्मेवार प्रश्नलाई साधन बनाएर जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने गर्ने हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ।

हामी बरु गतिमा धिमा नै हौँला, तर पत्रकारिता र लोकतन्त्रका मूल्यमान्यतामा कुनै हालतमा सम्झौता गर्ने छैनौँ। हामी हाम्रो गन्तव्यमा प्रष्ट छौँ। जतिसुकै लामो यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुने हो। लामो यात्रा गर्ने दूरदृष्टिका साथ सुरु गरेको डिजिटल पत्रकारिताको यात्रा दोस्रो वर्षसम्म आइपुग्दा हाम्रा थुप्रै अनुभवहरूले आगामी दिनमा आइपर्ने चुनौती सामना गर्न हामीलाई सिकाएको छ।

राज्यप्रणालीमा सत्ता र शक्ति हातमा लिएकाहरूप्रति मूलतः आलोचनात्मक दृष्टिकोणलाई नै हामी प्रश्रय गर्नेछौँ। समाजसोपानको कमजोर वर्गमाथि शक्तिसम्पन्न वर्गले गर्ने विभेदप्रति हामी बुलन्द आवाज उठाउनेछौँ। स्थापनाकालदेखि नै हामी संख्यात्मक भन्दा गुणात्मक समाचार प्रकाशन गर्ने हुटहुटीमा छौँ। सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्यमा थप कटीबद्ध छौँ। दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा नेपाल क्लिक्स डटकममा प्रकाशन गरिने सामग्रीको दायरा थप विस्तार गर्दै लैजाने प्रण गर्दछौँ।

हामीले यो यात्रा सुरु गर्दादेखि आजसम्म पनि देशको अर्थतन्त्र धराशायी भएको विषयमा चिन्ता र चासो उतिकै छ। समग्र देशको अर्थतन्त्र नै प्रभावित हुँदा निजी क्षेत्र र विज्ञापन बजार पनि प्रभावित छ। आर्थिक गतिविधि खुम्चिँदा त्यसको प्रत्यक्ष मारमा विज्ञापन बजार र मिडियामा परेको छ। यस्तो कठिन परिस्थितिमा पनि हामीलाई विश्वास गरी सहयोग गर्नु हुने विज्ञापनदाताहरूप्रति कृतज्ञ छौँ।

सम्पूर्ण पाठक, दर्शक, लेखक, विज्ञापनदातालगायतसँग आगामी दिनमा थप अन्तर्क्रिया र सहयोग प्राप्त हुन विश्वास लिएका छौँ।

प्रकाशित: २०८० चैत १ गते बिहिबार ०१:१९
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना