२०८३ कार्तिक २२ गते शनिवार

यातायातमन्त्रीलाई नाडाले दियो सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
WhatsApp Image 2024-03-14 at 14.41.47_d2860fff

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेटघाट तथा छलफल गरी विभिन्न सुुझाव पेस गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसँग भेटघाट गरी सुझाव दिएको हो। अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको विभिन्न सुझावहरु पेश गर्दै सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका छन्।

सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था, अटोमोबाइल कम्पनीको दर्ता प्रक्रिया, इम्बोस्ड नम्बर सवारी साधनमा अनिवार्य लागु गर्ने, दुईपांग्रे सबारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा लिनुपर्ने, सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने, नामसारी, करको भुक्तानी अनलाइन मार्फत गर्ने प्रणाली हुनुपर्ने सुझाव दिएको छ।

त्यस्तै अन्य सुुझावहरुमा जरीवानाको दायरा, सरुवा सहमती, सवारी साधन पैठारीकर्ताको लागि छुट्टै डेस्कको स्थापना, सेवाग्राहीलाई सुविधा, रसिदमा एकरुपता हुनुपर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने, लाईसेन्स वितरण सहज हुनुपर्ने, दुईपाँग्रे सवारी साधनको वर्गीकरण, सहजीकरणको भूमिका निर्वाह, उच्चस्तरका सवारी साधनको लागि हरियो स्टिकर दिने प्रक्रिया, पाकिङ्गस्थलको अभाव रहेका छन्।

विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण, चारजिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था, सवारी चालक तालिमको व्यवस्था, अटोमोवाइल वर्कशपमा रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण, सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु मन्त्री महासेठलाई नाडाले पेस गरेको छ।

मन्त्री महासेठले सवारी साधनको सि.सि.को आधारमा इम्बोष्ड नम्बर प्लेट जारी गर्न सकिने र प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए। सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सीसीको आधारमा गर्न सकिने भन्दै सवारी साधनको लागि पार्किङको सुविधा सम्बन्धित वडा कार्यालयले गर्ने, सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका सुझावका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका छन्।

छलफलमा सहभागी नाडाका सचिव विक्रम सिंघानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरुमा जानकारी गराए। मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु, नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ लगायत छलफलमा सहभागी रहेका थिए।

प्रकाशित: २०८० चैत २ गते शुक्रबार १२:३२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना