काठमाडौँ- रौतहटमा मनी ट्रान्सफरका कर्मचारीमाथि गोली प्रहार गरी ५२ लाख लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।
रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित मनी ट्रान्सफरका कर्मचारीमाथि गोली प्रहार गरी ५२ लाख लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका प्रहरीले जानकारी दिएको हो।
लुटपाटका क्रममा लुटेराहरुले कर्मचारी नितेश साहमाथि गोलीसमेत प्रहार गरेको रौतहट प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार लुटेराले चलाएको गोली साहको कानमा लागेको थियो।
शाहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।


