काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार महरामाथि संगठित अपराधमा अनुसन्धान गर्नका लागि म्याद दिइएको हो।
प्रहरीले सोमबार बिहान कपिलवस्तुबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन्।
९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले उनीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।
सीआईबीमा महरा




जिल्ला सरकारी वकिलको कार्यालयमा महरा






