काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८ सय पुगेको हो।
बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सयमा किनबेच भएको थियो।
तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ।
बुधबार तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय मूल्यमा कारोबार भएको थियो।
चाँदीको प्रतितोला १ हजार ५५५ सयमा कारोबार भइरहेको छ।


