काठमाडौँ- काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँ नै फिर्ता भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राती उडेको जहाज फेरि काठमाडौँ नै फिर्ता भएको हो।
विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता गरिएको थियो।
काठमाडौँ विमानस्थलबाट करिब १३० किमी (७० नटिकल माइल) उडेको जहाज विमानस्थलमा नै सामान्य अवरतण गराइकए हो। ‘रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको झाले बताए।
जहाझ फर्किएपछि रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले फेरि यात्रीलाई लिएर दोहो पुगेको छ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको छ।


