काठमाडौँ- महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो।
तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिवसमेत हुन्।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखापरीक्षकको रिक्त भएको थियो।


