काठमाडौँ- मंगलबार सुनको मूल्य घटेको छ। मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
महासंघले मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाला सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ पुगेको थियो।
यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ।
सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।


