२०८३ कार्तिक ११ गते मङ्गलबार

विश्वव्यापी राजनीतिक भाषा-व्याकरणमा विसंगति

 |  कटक मल्ल
Sanket

कटक मल्ल

काठमाडौँ, बैशाख ८
katak malla

राजनीतिक अर्थमा अशुद्ध भाषाको (पोलिटिकल्ली इन्करेक्ट) प्रयोग नयाँ होइन। सामाजिक सञ्जालको बढोत्तरीपछि पहिलेको तुलनामा राजनीतिक अर्थमा अशुद्ध भाषाको प्रयोग जताततै बढ्दै गएको छ। कतिपयले अशुद्ध (गलत) राजनीतिक भाषा प्रयोग गर्नमा गर्व महसुस गर्छन्। अरूले त्यस्तो भाषा प्रयोग गरेकोमा अपमानित महसुस गर्छन्, र धेरैले राजनीतिक रूपमा शुद्ध भाषा (पोलिटिकल्ली करेक्ट) प्रयोग गर्न रुचाउँछन्।

नेपाली राजनीतिमा प्रतिद्वन्द्वीलाई ‘विदेशी दलाल’ भनेर गाली गर्ने चलन छ। अमेरिकी सीआईए एजेन्ट (दलाल) वा ‘रएजेन्ट’ (इन्डियन रिसर्च एण्ड एनालिसिस विंग्स) भनेर गाली गर्ने चलन पनि छ। पञ्चायतकालमा राजतन्त्रवादीहरूले विश्वेश्वरप्रसाद कोइरालालाई राष्ट्रविरोधी ‘अराष्ट्रिय तत्व’ र नेपालका कम्युनिस्टहरूले सन् १९९० सम्म कोइरालालाई ‘भारतीय दलाल’ भन्दै बदनाम गर्ने गरेका थिए।

राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘जनताले अचेल गाउँमा जाँदा नेतालाई कुन चाहिँ चोर आएछ भन्छन्’ भनेर दिएको अभिव्यक्तिले निकै चर्चा पाएको छ। राजनीति गर्नेलाई चोर, ठग, डाका, काम नलाग्ने, कुरा नबुझ्ने, स्वार्थी, अटेरी, मुर्ख, भ्रष्टाचारी, नातावादी, कृपावादी, दलाल, अक्षम, अस्थिर, काँतर, बेवकुफ, दिमाग बिग्रेको भन्ने चलन नेपालमा सामान्य भइसकेको छ। नेपालको राजनीतिमा ‘पूर्व प्रधानमन्त्री ओली यसमा प्रखर देखिन्छन्’ भन्ने टिप्पणी गर्छन् टिप्पणीकारहरू (खिलनाथ ढकाल, ‘राजनेता केपी ओलीबाट निस्केका गाली‘, सेतोपाटी, वैशाख ६,२०८०)।

नागरिकशास्त्र शिक्षा घट्दै गएकोले हुनसक्छ, जनता र नेताहरुको राजनीतिको व्याकरण विश्वव्यापी रूपमा बिग्रिएको छ। सामाजिक सञ्जालमा राजनीतिक अशुद्ध भाषाको प्रयोगले स्थिति झनै खराब बनाएको छ। यद्यपि मिडिया पहिले भन्दा धेरै लोकतान्त्रिक भएको छ। सुरुमा संसारका वामपन्थीहरु दक्षिणपन्थी भन्दा उचित भाषा प्रयोग गर्नमा बढी होसियार थिए। अहिले यी दुईबीच राजनीतिक रूपमा गलत प्रयोग गर्ने प्रतिस्पर्धा देखिन्छ। राजनीतिक रूपमा सही र गलत भाषाको ‘बहस’ प्रेस र प्रकाशनको स्वतन्त्रतासँग घनिष्ट रूपमा सम्बन्धित छ। त्यसैले यो बहसको सजिलो विषय होइन। संसदीय भाषा, शिष्टाचार र शिष्टाचार पनि छ, जसलाई यस लेखनमा सम्बोधन गरिएको छैन।

राजनीतिक शुद्ध भाषा र भाषाको राजनीति के हो?
राजनीतिक अर्थमा शुद्ध भाषा भन्नाले अपमानजनक वा असभ्य भाषा प्रयोग नगर्ने र एकअर्कालाई झुटो आरोप लगाउने छैन भन्ने कुरा सुनिश्चित गर्नु हो। विशेषगरी जाति, लिङ्ग, संस्कृति, यौन झुकाव वा पहिचान गरिएका समूहहरूको वर्णन गर्दा त्यसको प्रभाव परिणामहरूलाई ध्यानमा राख्दै प्रयोग गर्नुपर्छ भानिन्छ। यी उल्लेख गरिएको विषयमा घृणा, हास्यास्पद, आपमानजनक शब्दको प्रयोग गर्नु हुँदैन भन्ने पनि हो।

भाषाको राजनीति भनेको राजनीतिज्ञहरूले शब्द र शब्दावली गलत प्रयोग गर्ने तरिका हो। जर्ज ओर्वेलले ‘नाइन्टिन एट्टी फोर’ पुस्तकमा जनताको विचार प्रक्रियालाई आकार दिन नेताहरूले शब्द वा शब्दावलीको दोहोरो अर्थ वा शब्द परिवर्तन (डबलस्पिक) बारेमा लेखेका थिए। राजनीतिज्ञहरूले भाषाको दुरुपयोग जनतालाई कसरी शासन गर्छन् भनी चिन्ताजनक अवस्था आएको भन्दै त्यसलाई निराकरण गर्ने सुझाव पनि दिएका थिए।

बीबीसीका पूर्व महानिर्देशक मार्क थम्पसनका अनुसार, भाषा भनेको राजनीति र लोकतन्त्रको आधारशिला हो, र जब भाषा बिग्रन्छ, हामीले धेरै गुमाउँछौं। ऐतिहासिक रूपमा, रोमको पतनदेखि अधिनायकवादको उदयसम्म, सञ्चारको साझा विघटनले समग्र रूपमा समाजलाई विघटनमा पुर्‍याउँछ।

नोम चोम्स्कीको पुस्तक भाषा र राजनीति (२००४) मा राजनीतिज्ञहरूले चुनावमा शब्दहरूलाई मुद्राजस्तै कसरी प्रयोग गर्छन् भन्ने व्याख्या छ। चोम्स्कीले विशेष गरी भाषण (भाषण लेखन पनि) मार्फत राजनीतिज्ञहरूले शब्दहरू मार्फत मतदाताहरूलाई खरिद गर्न कसरी आह्वान गर्छन् भन्ने व्याख्या गरेका छन्। उनी भन्छन्- आज राजनीतिमा शब्दहरू अविश्वसनीय हुँदैछन्, इन्टरनेटमा मतदाताहरूको लागि उपलब्ध गलत जानकारी दिइन्छ। उदाहरणका लागि सन् २०१६ डोनाल्ड ट्रम्प निर्वाचित हुँदा ‘वैकल्पिक तथ्य’ भन्ने शब्द लोकप्रिय भयो, जब विभिन्न समाचार आउटलेटहरूले विभिन्न स्क्यान्डलहरूको बारेमा रिपोर्ट गरिरहेका थिए।

भाषाको राजनीति भनेको राजनीतिज्ञहरूले शब्द र शब्दावली गलत प्रयोग गर्ने तरिका हो। जर्ज ओर्वेलले ‘नाइन्टिन एट्टी फोर’ पुस्तकमा जनताको विचार प्रक्रियालाई आकार दिन नेताहरूले शब्द वा शब्दावलीको दोहोरो अर्थ वा शब्द परिवर्तन (डबलस्पिक) बारेमा लेखेका थिए।

हेरल्ड लास्कीद्वारा लिखित पुस्तक ‘ए ग्रामर अफ पोलिटिक्स’ (न्यू हेभन: येल विश्वविद्यालय प्रेस, १९२५) एक उत्कृष्ट रचना हो। लास्कीबाट लिनु पर्ने सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको नागरिकशास्त्रको प्रयोग हो। लास्कीको यस रचनामा लोकतन्त्रको प्रभावकारिताका लागि आवश्यक राज्य संस्थाहरूको रूपरेखा प्रस्तुत गरेका छन्। सरकारको आवश्यकता, राज्य र समाज, अधिकार र शक्ति, स्वतन्त्रता र समानता, औद्योगिक संगठनको सिद्धान्तको रूपमा सम्पत्ति, राष्ट्रवादको प्रकृति, अधिकारको स्रोतको रूपमा कानून र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यहरू समता यसमा विश्लेषण गरिएको छ। यसले नागरिकशास्त्रको आधारभूत ज्ञान दिन्छ। नागरिक शिक्षा भनेको नागरिकताका सैद्धान्तिक, राजनीतिक र व्यावहारिक पक्षहरूका साथै यसका अधिकार र कर्तव्यहरूको अध्ययन हो। यसले नागरिकलाई सभ्य हुन र सभ्य भाषा प्रयोग गर्न सिकाउँछ।

पंकज मिश्रले ‘क्रोधको युग’ (एज अफ एंगेर, २०१७) मा पुरानो व्यवस्थाको ज्वलन्त आक्रोश र यसलाई चलाउने अभिजात वर्गहरूले विश्वभरको राजनीतिमा हावी रहेको लेखेका छन्। आधुनिक विकासको समयमा पछाडि परेका ती मानिसहरू धनी वर्गप्रति आक्रोशित छन्। यो सम्भ्रान्त र निम्न वर्गबीचको द्वन्द्व हो (मिश्रले प्रयोग गरेको ‘भोल्टेयर विरुद्ध रुसो’ रूपक जस्तै)।

पुरानो समयमा सम्भ्रान्त राजनीतिक वर्गले पत्रपत्रिका, टेलिभिजनजस्ता परम्परागत माध्यमबाट भोट जित्ने गर्दथे तर अहिले सामाजिक सञ्जालमा सर्वसाधारण जनताको आक्रोशको सामना गरिरहेका छन्। अपमानजनक शब्द र शब्दावली प्रयोग साधारणले मात्र होइन, शासक वर्गबाट पनि विश्वभर बढिरहेको छ।

अपमानजनक शब्द प्रयोग गर्ने शीर्ष सूचीमा जोनसन
बेलायतमा सबै एसियालीहरूलाई ‘पाकी’ भनिन्छ (अर्थात् मसलाले गन्धित लुगा लगाउने भनेको हो)। पूर्वबेलायती प्रधानमन्त्री बोरिस जोनसन अपमानजनक शब्द प्रयोग गर्ने शीर्ष सूचीमा पनि छन्। जोनसनले काला मानिसहरू बेलायतका आदिवासी होइनन् भन्ने संकेत गर्दै, ‘एन- वोर्ड’ शब्द प्रयोग गर्दै (कालो ‘मूर्ख हो कि चरा हो’) भनेका थिए।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन।

जोनसनले टेलिग्राफ अखबारको स्तम्भमा बुर्का लगाउने महिलाहरू ‘लेटर बक्स’ जस्तो देखिने लेखेका थिए। बेलायती सांसदले मुस्लिम महिलाहरूबारे ‘जातीयवादी’ टिप्पणीका लागि माफी माग्न आग्रह गरेको थियो। दर्शनशास्त्रका ब्रिटिस प्रोफेसर एन्थोनी ग्रेलिङ भन्छन्, ‘बेलायतमा प्रतिनिधि लोकतन्त्र ‘ब्ल्याकमेल, धम्की र घुसखोरीद्वारा भ्रष्ट भएको छ।’

आफूलाई स्वयं ‘महावाविद्वान’ दाबी गर्ने एकजना नेपालीले एक भिडियो अन्तर्वार्तामा नेपाल र बेलायतको राजनीतिक संस्कारको तुलना गर्दै थिए। सतही तर्क गर्ने उनी बेलायतीभन्दा पनि बेलायती देखिन्छन्। बेलायतको प्रशंसा गर्ने उनको तर्क थियो कि- बोरिस जोनसनलाई प्रधानमन्त्री पदबाट हटाइयो किनभने उनी कोभिड-१९ महामारीको समयमा पार्टी गरिरहेको फेला परेका थिए। यस्तो संवेदनशील समयमा जोनसन जस्तो कानुन भङ्ग गर्ने मानिस कसरी सत्तामा पुग्यो भन्ने ‘महाविद्वान’ले बेलायतमा अवस्थित राजनीतिक संस्कृतिको अभाव मान्न सकेनन्।

ट्रम्प अपमानजनक भाषाको प्रयोग गर्ने शीर्ष स्थानमा
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अपमानजनक भाषाको प्रयोग गर्ने सूचीमा जोनसनभन्दा माथि शीर्ष स्थानमा छन्। ट्रम्पको खराब भाषा अमेरिकामा सामान्य बन्दै गएको छ। ट्रम्पले मेक्सिकोलाई ‘बलात्कारी’ (रेपिस्ट), प्रतिद्वन्द्वी हिलरी क्लिन्टनलाई ‘बाङ्गो (क्रूकेट) हिलारी’, मार्को रुबियोलाई ‘लिटिल मार्को’, बर्नी स्यान्डर्सलाई ‘क्रेजी बर्नी, आदिवासी अमेरिकीलाई अपमान (टन्ट)गर्दै एलिजाबेथ वारेनलाई ‘पोकाहोन्टास’ भनेका थिए।

डोनाल्ड ट्रम्प।

संयुक्त राज्य अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले एक यस्तो भविष्यसूचक वाणी बोलेका थिए जो धेरैलाई वास्ता छैन। एडम्सले यसरी चेतावनी दिएका थिए- ‘याद गर्नुहोस् लोकतन्त्र लामो समयसम्म टिक्दैन। यो चाँडै बर्बाद, थकित र मृत्यु हुन्छ। आत्महत्या नगर्ने प्रजातन्त्र कहिल्यै आउँदैन।’

एडम्स एक दार्शनिक थिए, त्यसैले यो उद्धरणलाई विभिन्न तरिकामा व्याख्या गर्न सकिन्छ। एडम्सको उद्घोषण अनुसार, वाटरगेट काण्डमा (सन् १९७२) अमेरिकी लोकतन्त्रले प्रतीकात्मक आत्महत्या गरेको छ। फ्लोरिडामा राष्ट्रपति चुनावको पुनः मतगणना (सन् २०००) अमेरिकी लोकतन्त्र थकित भएको छ। सन् २०१६ राष्ट्रपति निर्वाचनमा अमेरिकी लोकतन्त्र लगभग बर्बाद भएको छ। सन् २०२० को निर्वाचन प्रमाणीकरण रोक्नको लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको भीडले अमेरिकी क्यापिटलमा (जनवरी ६, २०२३) अमेरिकाको लोकतन्त्रमा आक्रमण गरेदेखि चुनाव अस्वीकार गर्नेहरू छन्। मतदान कार्यकर्ताहरूलाई धम्की दिइएको छ, र ट्रम्पले फेरि एक पटक राष्ट्रपति निर्वाचनमा आफ्नो घोषणा गरेका छन्। प्रजातन्त्रको अमेरिकी दुःस्वप्न बन्दै छ।

सूचना प्रविधिको अत्याधुनिक शक्ति नागरिकमाथिको सरकारी निगरानी र व्यक्तिगत गोपनीयताको हक आक्रमण सम्बन्धमा विश्वको उदारवादी लोकतन्त्र र तानाशाही शासनहरू समान भएका छन्। अमेरिकी संविधानले प्रत्याभूत गरेको अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रता जिम्मेवारी विनाको पूर्ण अधिकार होइन र यसका सीमाहरू हुन्छन् भन्ने मान्यतालाई अमेरिकी सर्वोच्च अदालतले (सन् १९२५ मा नै गिटलो बनाम न्यूयोर्क, २६८ यूएस ६५२) समर्थन गरेको देखिन्छ। तर ट्रम्प वा अमेरिकी अदालत प्रणालीले यसमा चासो नदेखाएको देखिन्छ। प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्धले अनपेक्षित परिणाम पनि निम्त्याउने सम्भावना रहन्छ।

ट्रम्प जस्तै ‘स्वीडेन डेमोक्रेट’ (स्विडेनी चरम जातिवादी, ‘इसभारिया ड़ेमोक्राटना’) दल, जुन वर्तमान स्वीडेनको दक्षिणपन्थी गठबन्धन सरकारको सबैभन्दा ठूलो दलहो तेस को नेताले जानाजानी ‘आप्रवासी’ शब्दको दुरुपयोग गरिरहेको छ। उक्त दलले बेलाबेलामा आप्रवासीलाई बेइमान, अपराधी, खलनायक, गुण्डा र डाकुको पर्यायवाचीका रूपमा प्रयोग गर्छ। यो कस्तो राजनीतिक संस्कृति हो, जहाँ यस्ता नेताहरू निर्वाचित हुन्छन् र जनताहरु चुनावमा भोट दिन्छन्। किन यी देशहरूमा नागरिकशास्त्र शिक्षा घट्दै गएको छ? किन राजनीतिको व्याकरण बिग्रिएको छ?

मोदी ट्रम्प र जोनसनभन्दा कम छैनन्
अपमानजनक भाषा प्रयोग गर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्प र जोनसनभन्दा कम छैनन्। घृणित भाषणलाई भारतमा निषेधित छ। मोदीले सोनिया गान्धी ‘जर्सी गाई’, राहुल गान्धीलाई जर्सी गाईको ‘हाइब्रिड बाच्छो’, सुनन्दा थरुरलाई शशि थरुरकी ‘पचास करोडकी गर्ल फ्रेन्ड’ भनेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

‘सबै चोरको नाम कसरी मोदी’ भन्ने भाषण गरेकोमा भारतको एक अदालतले राहुल गान्धीलाई संसद सदस्य रहन अयोग्य घोषित गरेको छ। भारतका केन्द्रीय मन्त्री अनुराग ठाकुरको नेतृत्वमा र्‍यालीमा ‘गोली मारो सालों को’ नारा लागाउँछन्।

भारतका हिन्दू चरमपन्थीहरूले मुस्लिमविरुद्ध नरसंहारको आह्वान गरिरहेका छन्। वर्तमान शासनकालमा भारतमा सत्तारुढ दल र सरकार तथा प्रधानमन्त्रीविरुद्ध कुनै पनि आलोचनालाई राष्ट्रविरोधी मानिन्छ। यसले भारतको सत्तारुढ दलको नागरिक शिक्षाको स्तर देखाउँछ। नेपाली राजनीतिज्ञहरूले भारतीय प्रवृत्तिको पछि नलागेकै राम्रो हुनेछ।

नेपालमा परिभाषित अभिव्यक्तिको आवश्यकता
‘नागरिक मानहानी’, ‘फौजदारी मानहानी’, ‘घृणा भाषण’ र ‘गाली’ कानुनी रूपमा परिभाषित अवधारणाहरू हुन्। यी अवधारणाहरू नेपाली कानुनमा राम्रोसँग परिभाषित छन्। कोही कसैको स्वतन्त्र अभिव्यक्तिबाट अपमानित हुन्छ भने प्रमाणको भार दाबीगर्ने पक्षले प्रमाणित गर्नुपर्छ। यस सम्बन्धमा देवानी वा फौजदारी कानुनी प्रक्रियाहरू हुन्छन्।

कस्तो प्रकारको अभिव्यक्ति कानूनद्वारा संरक्षित हो र कस्तो प्रकारको अभिव्यक्ति संरक्षित होइन भन्ने सम्बन्धमा स्पस्ट परिभाषित हुनु पर्ने आवश्यकताबारेमा कल्पित पराजुलीसमेत विरूद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय समेत (मुद्दाः उत्प्रेषण, निर्णय नम्बर ९८७८, आदेश मिति २०७४/०१/०६) निम्न आदेश गरिएको छ- ‘वर्तमान कानूनी व्यवस्थाहरूको पर्याप्तता र प्रभावकारिता, घृणाजन्य अभिव्यक्तिसम्बन्धी कानूनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलगायतका विषयहरू अध्ययन गरी विद्यमान कानूनमा आवश्यक परिमार्जन गरी परिवर्तित सन्दर्भअनुसार अद्यावधिक गर्नको लागि आवश्यक पहल गर्नु भनी विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ’।

माथि उल्लेखित सर्वोच्च अदालतको निर्णय भएको करिब ५ वर्षपछि प्रकाशित एक समाचार अनुसार (विक्रम संवत २०७९ भदौ १३), नेवा समुदायको कला, संस्कृति तथा खानपानको अपमान गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिइएको छ। सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएका थिए। अहिले युट्युबबाट उक्त सामग्री हटाइसकिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा उल्लेख भएको सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उक्त कसुरमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। योसँगै सर्वोच्च अदालतमा मानहानीका मुद्दा दायर हुने क्रम बढेको छ।

नागरिकशास्त्र र नागरिक शिक्षा
विज्ञान र प्रविधिको अभूतपूर्व विकास भएको छ। तर नागरिकशास्त्र र नागरिक शिक्षा क्षेत्रमा चिन्ताजनक गिरावट आएको छ। फलस्वरूप राजनैतिक रूपमा गलत शब्द र भाषाहरू बढ्दै गएका छन्। यसले आम जनता मात्र होइन, शासक वर्ग पनि आक्रोशित भएर राजनीतिक रूपमा गलत शब्द र भाषा प्रयोग गरिरहेका छन्। गुणस्तरीय नागरिकशास्त्र र नागरिक शिक्षा नै यो समस्याको समाधान हुन सक्छ। व्यक्तिगत होस् वा सार्वजनिक, सामाजिक मिडियामा होस् वा मुख्यधाराका मिडियामा अभिव्यक्ति स्वतन्त्रताको लागि समान दृष्टिकोण हुनुपर्छ।

सार्वजनिक रूपमा प्रतिरक्षा गर्न नसकिने भाषण निजी वा सामाजिक सञ्जालमा प्रयोग गर्नु हुँदैन। जात-जातिको वर्गीकरण गर्नु जातीयवाद थियो र यथावत छ। आफ्नो जात, धर्म, राष्ट्र र संस्कृतिलाई अरूभन्दा श्रेष्ठ मान्नु फासीवाद हो। जातीयवादको ऐतिहासिक अन्यायलाई स्वीकार नगर्ने र अन्यायका लागि माफी नमाग्ने व्यवहार सबैभन्दा अमानवीय कुरूप प्रवृत्ति हो। नेपालका केही क्षेत्रीय पहिचानवादी लेखकहरूले ‘पहाडी’ शब्दको विरुद्धमा ‘मदेशी’ र ‘तराई’ शब्दको विरुद्धमा ‘गोर्खा’ शब्दलाई लागातार दुरुपयोग गरेको देखिन्छ।

पहाडका व्यक्तिले मधेशका व्यक्तिलाई मधेशी मात्रै सोच्ने र मधेशकाले पहाडकालाई पहाडी मात्र देख्ने प्रवृत्ति नव-फासिस्ट प्रवृत्ति हो। त्यस्तै गरी एक जातका व्यक्तिले अर्का जातका व्यक्तिलाई जातका दृष्टिले मात्र हेर्नु पनि नव फासिस्ट प्रवृत्ति हो। आपसी भिन्नता र समानतालाई एकसाथ विचार नगरी अर्काको पहिचान विरुद्धमा आफ्नो पहिचान मात्र खोज्नु पनि फासिस्ट प्रवृत्ति हो। बहु पहिचानको अर्थ एकले अर्कोलाई कुनै न कुनै प्रकारको वर्गीकरण राख्नुपर्छ भन्ने होइन। एउटा भाषालाई अर्को भाषामा थोपर्नु भाषावाद हो जुन जातिवाद र फासीवादको हिस्सा पनि हो। नेपाली भाषालाई अन्य भाषाको विरुद्धमा खडा गर्नु पनि फासीवाद हो।

नेपालका रूढिवादी बौद्धिकहरू जातीय प्रणालीको पदानुक्रमलाई जायज ठान्छन्। एक्काइसौँ शताब्दीमा योभन्दा अमानवीय विचार के हुनसक्छ? अर्काथरी बौद्धिक जसले वर्तमान समयलाई ‘वैश्ययुग’ भनी नश्लवादलाई प्रोत्साहित गर्दै विभिन्न समुदायको अपमान गरिरहेका छन्। परम्परावादी बुद्धिजीवीहरू ऐतिहासिक अन्याय स्वीकार गर्दैनन्। संविधानले नागरिकलाई जातिको पदानुक्रममा वर्गीकृत गरेको छ। यो संवैधानिकताको आधारभूत सिद्धान्तविरुद्ध छ। यो बौद्धिक वर्गको सबैभन्दा ठूलो अज्ञानताको प्रतिबिम्ब हो।

जातीय आधारमा मानवलाई वर्गीकृत गर्ने कुप्रथालाई पुनःजीवित गर्नु मानववादविरुद्ध हुन्छ। सहअस्तित्वका लागि साझा ठाउँ खोज्न ऐतिहासिक सामाजिक अन्यायहरूलाई आधिकारिक रूपमा स्वीकार गर्नुपर्छ। ऐतिहासिक हानिको क्षतिपूर्ति जहाँ सम्भव छ त्यसको पूर्ति गर्नुपर्छ। र ऐतिहासिक सामाजिक अन्यायबारेमा माफी माग्नुपर्छ। ऐतिहासिक अन्यायको सामना गर्न पुरानो व्यवस्था दोहोर्‍याउनु हुँदैन।

दिगो समाजका लागि जात र जातीय व्यवस्थाको अन्त्य गर्नु नितान्त आवश्यक छ।अरूको पहिचानविरुद्ध आफ्नो पहिचान वा मूल्यमान्यताबारे मात्रै सोच्नु भनेको सोच, विचार र ज्ञानको अन्त्य हो। ज्ञानको अन्त्य वैकल्पिक विचारको अन्त्य हो। वैकल्पिक विचारको अन्त्य भनेको साझा ठाउँको अन्त्य हो। त्यो अवस्थामा मानिसहरू सहअस्तित्वमा रहन सक्दैनन्। पहिचान राजनीति भनेको एक साझा स्थान खोज्नु हो जहाँ विभिन्न पहिचान एकसाथ रहन्छन्। यो मानवतावादीद्वारा विकसित एक विचार हो।

प्रकाशित: २०८० बैशाख ८ गते शुक्रबार ११:१७
Sanket

कटक मल्ल

मल्ल अन्तर्राष्ट्रिय कानुनका विशेषज्ञ हुन्।
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना