काठमाडौँ- सर्वोत्तम सिमेन्ट लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गराउन साधारण सभा बाेलाएको छ।
चैत २० गते बसेको सिमेन्ट कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे।
कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ।
२०८१ वैशाख १२ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान १० बजेका लागि साधारण सभा बोलाइएको छ।
सभामा शेयरधनीहरुलाई कम्पनीकाे आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश पारित गरिने भएकाे हाे।
पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको बुकक्लोज गरिने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत २९ गतेसम्म शेयर कारोबार भई शेयर खरिद गरी आफ्नाे नाममा शेयर नामसारी गराएका शेयरधनीहरूलेउक्त सभामा भाग लिन र लाभांश समेत पाउनेछन्।
उक्त सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्ती समेत गर्ने भएकाे छ।
यसकासाथै बैठकले सभामार्फत आर्थिक वर्ष २०७२/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरिने छ।


