काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, आज सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य १८०० रुपैयाँले बढेको हो।
तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ३५० रुपैयाँ पुगेको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ।
मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।


