२०८३ कार्तिक २२ गते शनिवार

हुलाकी राजमार्ग : वीरगञ्ज कार्यालय मातहतको १८१ किलोमिटर सडक तयार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २१
hulaki-rajmarg
हुलाकी राजमार्ग।

वीरगञ्ज- हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको समग्रमा एक सय ८१ किलोमिटर सडक कालोपत्र गरिएको छ।

कार्यालय मातहत दुई खण्डमा कूल दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ।

हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख दीपककुमार झाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहेक अन्य स्थानमा सडक निर्माणले गति लिएको बताए। ‘निकुञ्ज क्षेत्रमा सडक विस्तारको कार्य अघि बढाउन समस्या भइरहेको छ,’ उनले भने, ‘अन्य स्थानमा भने सडक निर्माणले गति लिइरहेको छ।’

कार्यालय मातहत दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्दछ। त्यसमा पूर्व–पश्चिम खण्डमा एक सय ५३ किलोमिटर  र  उत्तर–दक्षिण खण्डमा ७६ दशमलव सात किलोमिटर सडक पर्दछ।

कार्यालयका अनुसार हालसम्म दुवै खण्डमा एक सय ८१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ। पूर्वपश्चिम खण्डमा एक सय नौ किलोमिटर र उत्तर–दक्षिण खण्डमा ७२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ।

योजना प्रमुख झाले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाको म्याद थप गर्नका लागि सहजीकरण गरिदिएकाले हुलाकी राजमार्गअन्तर्गत रहेका रुग्ण ठेक्कालाई अघि बढाउन सहज हुने आङ्कलन गरेका छन्।

‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाहरुको म्याद थपको प्रावधान विगतको तुलनामा अहिले केही खुकुलो पारिएको छ, यदि आयोजनाहरुको म्याद थप भएको  खण्डमा सडक निर्माणको कामले गति लिने आशा गरेका छौँ,’ उनले भने, ‘उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि वीरगञ्जमा आएको सन्दर्भमा बजेट अभाव नहुने भन्दै प्रतिबद्धता पनि जनाकाले पनि पूर्वाधार निर्माणमा सहज वातावरण बन्ने अपेक्षा लिएका छौँ।’

हुलाकी सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सञ्जय ठाकुरले पूर्व–पश्चिमको एक सय ५३ किलोमिटर सडकमध्ये हालसम्म एक सय नौ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको बताए।

‘यो खण्डमा पर्ने पर्साको ठोरीदेखि चितवनको माडीसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने १५ किलोमिटर सडक कालोपत्र गर्न सकेका छैनौँ,’ उनले भने।

प्रकाशित: २०८० चैत २१ गते बुधबार १२:३८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना