काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधबारको तुलनामा बिहीबार १ हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ थियो।
बुधबार तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँ छ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ।
बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो। बिहीबार चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ।


