काठमाडौँ- लगानी बोर्डले झन्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। लगानी बोर्ड नेपालको ५७औँ बोर्ड बैठकले चार आयोजनाको ९९ अर्ब २० करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सुपर तमोर, अप्पर मोदी ए, तल्लो मनाग एचईपी र २५० मेगावाटको सौर्य ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँको लगानी स्वीकृत गरेको हो।
साथै बोर्डले नेपाल लगानी सम्मेलन २०२४ लाई प्रभावकारी रुपमा आयोजना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बैठकमा प्रधानमन्त्री दाहालले लगानी सम्मेलन सफल बनाउन आग्रह गरेका थिए।
उनले सार्वजनिकनिजी साझेदारीका परियोजनामा परिणाममा आधारित ढाँचामा कसरी काम गर्ने भन्ने विषयमा सरकारका अन्य निकाय तथा प्रदेश र स्थानीय तहलाई समेत विशेषज्ञता प्रदान गर्नुपर्ने बताए।


