काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार महासंघ टोलीले प्रचण्डसँग भेट गरेको हो।
भेटमा नेपाल उद्योग वाणिज्य महासंघका भर्खरै निर्वाचित केन्द्रिय कार्यसमितिका पदाधिकारीहरू सहभागी थिए।
महासंघ टोलीले विभिन्न विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन्।


