काठमाडौँ- गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ। वैवाहिक सम्बन्धलाई उनीहरूल सहमतिमा नै टुंग्याएका हुन्।
२०७७ सालमा कानुनी विवाह गरेका उनीहरूले चैत ७ गते काभ्रे जिल्ला अदालत पुगेर उनीहरूले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए।
निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन्।
ऋचा भने मोडलिङ पेसा अपनाउँदै आएकी छन्।


