ललितपुर- ललितपुर महानगर र युसएड स्वच्छ हावाको सहकार्यमा वातावरण प्रहरीसम्बन्धी तालिम सुरु भएको छ।
तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जन नगर प्रहरी बलभन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी भएका नगर प्रहरीलाई निर्देशन दिएका छन्।
वातावरण प्रहरीको तालिम सुरुवाती चरणमा १५ जनालाई तालिम दिइने र आवश्यक खण्डमा थप गरिने योजना रहेको ललितपुर महानगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुलेI जानकारी दिए।
तीन दिन चल्ने तालिममा वातावरणसम्बन्धी विद्यमान कानुन, फोहोरमैला व्यवस्थापन, बोटबिरुवा संरक्षण तथा व्यवस्थापन विधि, वायुप्रदूषण न्यूनीकरणका उपायलगायतका विषय समावेश गरिएको छ।


