२०८३ कार्तिक २० गते बिहिबार

एमाले पर्वतमा तिमिल्सिना-सुब्बाको हेभिवेट समूह अस्वीकृत, गिरी समूहले गर्‍यो क्लिनस्विप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

पर्वत, बैशाख १
436000728_827914925843102_9000791980626408096_n

पर्वत- एमाले पर्वत जिल्ला १०औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको हेभिवेट समूह कानुनमन्त्री पदम गिरी नेतृत्वको युवा समूहबाट क्लिन स्विप भएको छ।

गिरी समूहको गुटबन्दी छाडी सहमतिमा नेतृत्व छनौट गर्ने प्रस्ताव नमान्दा तिमिल्सिना-सुब्बाको हेविवेट समूह क्लिनस्विप हुन पुगेको हो।

शुक्रबार भएको निर्वाचनमा गोविन्द पहाडी तिमिल्सिना-सुब्बा समूहका पदमपाणी शर्मालाई पराजित गर्दै पर्वतको एमाले पार्टी जिल्ला नेतृत्वमा गोबिन्द पहाडी विजयी भएका छन्। पहाडीले १२७ मतको फराकिलो अन्तरले शर्मालाई पराजित गरेका हुन्। शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय २८ मत प्राप्त गरे।

त्यसैगरी विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे। श्रेष्ठले १ सय ४८ मत प्राप्त गरे। यस्तै १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १ सय ७२ मत पाए। उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जिवन विक्रम उचैलाई पराजित गरे।

उनीहरुले क्रमश: १८८ र १७२ मत प्राप्त गरेका थिए। उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन्।

नयाँ नेतृत्वका लागि तिमिल्सिना-सुब्बा समूहसँग गिरी नेतृत्वको समूह सहमतिमै नेतृत्व चयन होस्, जिल्लामा गुट नहोस् भन्ने प्रस्ताव राखेको भएपनि उनीहरु सहमतिमा नआएपछि नयाँ निर्वाचनले पदम गिरीलाई जिल्ला राजनीतिको शक्तिमा स्थापित गराइदिएको छ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनाले यसअघि निर्वाचनमा आगामी नेतृत्वका लागि सहयोग गर्ने वचन दिएको भएपनि महाधिवेशन सुरु भएपछि गुट निर्माणमा सक्रिय भएका थिए।

तिमिल्सिना वर्तमान अध्यक्ष राजु पौडेललाई दोहोर्याउन चाहन्थे। तर उपाध्यक्ष पदमपाणि शर्माले आफू नयाँ नेतृत्वको स्वाभाविक दाबेदार भएको भन्दै चुनावमा प्रस्तुत भएपछि तिमिल्सिनालाई सोको व्यवस्थापनमा चुनौती थपिएको थियो। त्यहाँ पौडेलको भन्दा शर्माको माहोल देखिएपछि उनलाई अघि सारियो।

जिल्लाको रोयल कुश्मा होटललाई केन्द्र बनाएर उनले पूर्वमुख्यमन्त्री सुब्बा, पूर्वसंविधानसभा सदस्य कल्पना चापागाईं, पूर्वसंविधानसभा सदस्य एवम पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्साल, प्रदेशसभा सदस्य मित्रलाल बस्याल र भक्त कुँवरको साथमा रस्साकस्सीमा अघि लागे।

उता गिरी समूहलाई नेतृत्व नदिन पूर्वमुख्यमन्त्री सुब्बा पर्वतमा पुगेका थिए।

‍गिरी समूहले भने गुटबन्दीको सन्देश दिन नहुने भन्दै पार्टी कार्यलयमा नै बसेर निर्वाचनको तयारी गरे।

अन्तत: युवामतलाई साथ लिएको गिरी समूहले तिमिल्सिना-सुब्बा समूहलाई निर्वाचनबाटै जवाफ फर्काइदियो। उनीहरुको चाहाना तिमिल्सिना-सुब्बाले नेतृत्व चयनमा अभिभावकत्व प्रदान गरुन् भन्ने थियो।

बहालवाला मन्त्री भएका कारण पदम गिरी पार्टी सहमतिमा अघि बढेको सन्देश दिन चाहन्थे, जुन तिमिल्सिना-सुब्बा समूहले स्वीकार गरेन र भागमा हार पर्‍यो।

प्रकाशित: २०८१ बैशाख १ गते शनिवार ०१:२९
प्रतिक्रिया

थप समाचार

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना