जनकपुरधाम- मधेस प्रदेशका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन्।
लोसपाबाट उनी प्रदेश सरकारमा एक्ला मन्त्री थिए।
मंगलबार दिउँसो उनले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिन लोसपाको केन्द्रीय नेतृत्वबाट निर्देशन आएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
प्रदेश सभामा मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन्।
राजीनामासँगै उक्त मन्त्रालय मुख्यमन्त्री यादवले नै सम्हालेका छन्।


