काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको स्थिर रहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार चाँदीको प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भएको थियो।


