काठमाडौँ- कतारका राजा नेपाल भ्रमणमा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।
विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो।


