काठमाडौँ– सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई ल्याउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए।
तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।
अर्थ मन्त्रालयका सचिवको जिम्मा कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।


