काठमाडौं । सरकारले सहकारीमा देखिएको समस्या समाधान गर्न कानुन बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘नियमित प्रक्रियाबाट समस्या समाधान नहुने भएकाले सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने निर्णय भएको छ,’ उनले भनिन्।
यस्तै हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद बैठले गरेको छ।


