काठमाडौँ- सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।
योसगै शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनको आदेश बदर भएको हो।
यस्तै गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ।
तत्कालीन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
उनलाई उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।


