काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार फुटबल क्लबले विभागीय टोली एपीएफ क्लबले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले खुमलटारलाई २–० ले हराएको हो।
एपीएफको लागि अब्डोउ रमानी र अर्मान्ड बिडोमले समान एक एक गोल गरेका छन्। खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा एपिएफ एक गोलले अघि रह्यो। दोस्रो हाफको ७० औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई २–० को जित दिलाएका हुन्।
यो जितसँगै एपीएफले १२ खेलबाट पाँच जित र दुई बराबरीका साथ १७ अंक बनाएको छ। १७ अंकका साथ एपिएफ पाँचौ स्थानमा उक्लिएको छ। यता नवप्रवेशी खुमलटार भने १२ खेलमा सात हारसँगै १३ अंक जोडेर ११ औं स्थानमा छ।


