भक्तपु- भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन्।
चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ।
उनीहरु त्यहाँ टहरो बनाएर बस्दै आएका थिए। मृतक काकाभतिज हुन्। इनार खन्दा ५५ फिट तल पुगेका उनीहरू बेहोस भएका थिए।
उनीहरूलाई उद्धार प्रहरीले भक्तपुर अस्पतालमा पठाएको थियो।
अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो।


