काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) फुटाएर नयाँ दल बनाएका अशोक राईले पार्टी पदाधिकारी पनि तोकेका छन्।
संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष तोकिएको छ।
नयाँ दलमा नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन्।
महासचिवमा ईस्तियाक राई, उपहासचिवमा प्रदीप यादव छन् भने सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन्।



